पोखरामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कप हुने

पाेखरा - हेमजा युनाइटेड क्लवद्धारा आयोजित छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपको मिति सार्वजनिक भएको छ। प्रतियोगिता आगामी असार ४ गतेदेखि गौरीशंकर खेल मैदानमा सञ्चालन हुँदैछ।

प्रतियोगितामा ए डिभिजन र आयोजकसहित आठ टिमको सहभागिता रहनेछ। मिति तय भएसंगै प्रतियोगिताको तयारी तीव्र बनाइएको छ। 

खेलकुदको माध्यमबाट युवाबीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउने र एकेडेमी संचालन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता र अनुशासित टिमले २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक त्रिपाठीले जानकारी दिएका छन्।

प्रतियोगिताबाट ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार पाँचसय रुपैयाँ खर्च हुने अनुमान गरिएको अर्थ समिति संयोजक जगत थापाले जानकारी दिएका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×