अगस्टको लोकप्रिय अभिनेताको सूचीमा बलिउडबाट अक्षय कुमार मात्रै बाँकि सबै साउथका स्टारहरु

काठमाडौँ - साउथ फिल्मको सफलतासँगै त्यहाँका कलाकारहरुको लोकप्रियता देशभरि नै बढेको छ। आरमैस मिडियाले अगस्ट महिनाको सबैभन्दा लोकप्रिय पुरुष अभिनेताको सूची जारी गरेको छ। शीर्ष १० को सूचीमा बलिउडका अक्षय कुमार बाहेक साउथका कलाकार मात्रै परेका छन्।

विजय
विष्ट फिल्मका अभिनेता विजय पहिलो नम्बरमा छन्। यस सूचीमा विजयको शासन छ। अघिल्लो महिना पनि उनी पहिलो नम्बरमा रहेका थिए।

प्रभास
बाहुबली हिरो प्रभासको अघिल्लो फिल्म ‘राधे श्याम’ नराम्ररी फ्लप भएपनि उनको लोकप्रियतामा भने कुनै असर परेको छैन। उनी यो लिस्टको दोस्रो नम्बरमा छन्। प्रभाससँग अहिले ‘आदिपुरुष, सालार र प्रोजेक्ट के’ छन्। 

जुनियर एनटीआर
आरआरआर स्टार जुनियर एनटीआर सूचीमा तेस्रो स्थानमा छन्। साउन महिनामा पनि उनी यहि स्थानमा थिए। 

अल्लु अर्जुन
चौथो स्थानमा पुष्पा हिरो अल्लु अर्जुन परेका छन्। फ्यानहरु अहिले अल्लु अर्जुनको आगामी फिल्म पुष्प २ को प्रतिक्षामा रहेका छन्।

यश
कन्नड स्टार यशको केजिएफ च्याप्टर २ यस वर्षको ठूलो हिट फिल्म थियो। यहि कारणले यश यो सुचिको पाँचौं स्थान हासिल गरेका छन्।

अक्षय कुमार
अक्षय कुमारका लागि यो वर्ष राम्रो रहेन। उनका फिल्म बच्चन पाण्डे, सम्राट पृथ्वीराज र रक्षा बन्धन फ्लप भए। यति हुँदाहुँदै पनि उनको लोकप्रियतामा कुनै कमी आएको छैन। उनी छैटौं नम्बरमा छन्। 

रामचरण
यो महिना रामचरण सात नम्बरमा सन्तुष्ट भएका छन्। आरआरआर स्टार रामचरण जुलाई महिनामा छैटौं नम्बरमा थिए। 

महेश बाबु
दक्षिण फिल्म उद्योगमा वर्षौंदेखि राज गर्दै आएका महेश बाबुले आठौं स्थान पाएका छन्। महेश बाबुको आगामी फिल्म एसएस राजामौलीसँग रहेको छ।

सुर्या
जय भीम अभिनेता सुर्याका लागि यो वर्ष निकै राम्रो रह्यो। ‘जय भीम’ मा उनको अभिनयको तारिफ भएसँगै उनले यस वर्ष ‘सूरराई पोत्रु’का लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि पाएका छन्।

अजित कुमार
सूचीमा अजित कुमार १० औं स्थानमा परेका छन्। वर्कफ्रन्टको कुरा गर्दा उनको आगामी फिल्म ‘थुनिभु’ को पोस्टर हालै सार्वजनिक भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×