आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान प्रदेश १ का साथै देशका पहाडी  भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।  

आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रहनेछ। राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।
 
तराई भू-भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×