नबिल बैंकका थप चार नयाँ शाखा विस्तार

काठमाडौँ - नबिल बैंकले आइतबार एकैपटक चारवटा नयाँ शाखा उद्घाटन गरेको छ। 

बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी काठमाडौं उपत्यकाभित्र थप चारवटा नयाँ शाखा उद्घाटन गरेको हो। बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखाको उद‍्घाटन गरेका हुन्।

त्यस्तै, बैंकका संचालक  मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गरेका हुन्। उक्त उद्घाटन कार्यक्रम समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो।

बैंकले चारवटै नयाँ शाखाहरू एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो। विगत ३७ वर्षदेखि ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने विश्वास राखेको छ। आइतबार उद्घाटन भएका चार नयाँ शाखासँगै बैंकको शाखा कार्यालय १४१ पुगेको छ। बैंकले १८७ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैछ।

नबिल बैंकले आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्धता जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×