चितवन । अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताएका न् ।
आइतवार चितवनमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले धुर्मुस–सुन्तली फाउन्डेसनले अगाडि बढाएको साहसिक कदममा सरकारले कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको जानकारी आफूले पाएको बताउदै उनले निराश नहुन फाउन्डेसनलाई आग्रह गरे ।
यस्तै अर्थमन्त्री शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताए ।