बारा प्रहरीले लागुऔषध मुद्दामा कैद र जरिवाना तोकिएको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले प्रसौनी गाउँपालिका–७ बस्ने हरिन्द्र महरालाई पक्राउ गरेको हो। पक्राउ परेका महरालाई अदालतले लागुऔषध मुद्दामा १ वर्ष ३ महिना ४ दिन कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना तोकेकोमा उनी फरार रहँदै आएका थिए।
लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी महरालाई जिल्ला अदालत, कलैयामा दाखिला गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।