काठमाडौँ। सर्वोच्च अदालतमा पेशी व्यवस्थापनका लागि गोला प्रथा लागू गर्न बाटो खुलेको छ। सर्वोच्च अदालत नियमावली संशोधन प्रस्ताव फुलकोर्टले पारित गरेपछि कानून मन्त्रालय हुँदै छपाइका लागि मुद्रण विभाग पुगेको थियो। मुद्रण विभागले सोमवार नै राजपत्र छापेर बेवसाइटमा समेत राखेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमावली संशोधनका लागि बसेको बैठकमा उपस्थिति नजनाए पनि निर्णयमा भने हस्ताक्षर गरेपछि नेपाल राजपत्रमा प्रकाशनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको थियो। अब पुन: फुलकोर्ट बैठक बसेर गोला प्रथा लागू गर्ने मिति तय हुनेछ ।