महिला साफ: नेपाल रहेको समूह 'बी'मा श्रीलंका र भुटान

काठमाडौँ - घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार गरेको समूह विभाजनामा नेपाल सहज मानिएको समूह 'बी' मा परेको हो।

साफले सहभागी ७ टोलीलाई २ समूहमा विभाजन गरेको छ। नेपाल रहेको समूहमा श्रीलंका र भुटान रहेका छन्। यस्तै, समूह 'ए' मा साविक विजेता भारतसँगै माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।

नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ विराटनगरमा आयोजना गरेको थियो। विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो। नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।

साफको लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ। मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×