काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ।
गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको थियो। हालसम्म उक्त बजेटमा १ सय भन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा र जिज्ञासा राखिसकेका छन्।
विपक्षी सांसद्हरुले बजेटमाथि प्रश्न उठाउँदा सत्ता पक्षका सांसद्हरु बचाउमा उत्रिँदै आएका छन्। यद्यपि नेकपा (एकीकृत समाजवादी) र जसपाले बजेट सीमित जिल्लामा केन्द्रित भएको भन्दै पास गर्न नदिने चेतावनी दिँदै आएका छन्।