काठमाडौँ- आउँदो फागुन ६ गतेदेखि स्थगित गरिएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षाहरू सञ्चालन हुने भएका छन्।
सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी स्थगन भएका सम्पूर्ण परीक्षाहरू सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।