पिएसजी बराबरीमा रोकियो तर मेसीको किर्तिमान

काठमाडौँ - युरोपियन च्याम्पियन्स लिग फुटबलमा पिएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ। समूह एचअन्तर्गत बुधबार राति भएको खेलमा मेसीले भने कीर्तिमान कायम गरेका छन्।

२२औँ मिनेटमा पिएसजीले मेसीको गोलमार्फत खेलमा अग्रता लिएको थियो। नेयमारको पासमा आकर्षक गोल गरेका मेसी च्याम्पियन्स लिगमा फरक ४० क्लबविरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

तर ४१औँ मिनेटमा पिएसजीका डानिलो पिरेइराको आत्मघाती गोलमा बेन्फिका खेलमा फर्किएको थियो। बेन्फिकाका गोन्कालो रामोस र डेविड निरेशको प्रहार विफल पार्दै गोलकिपर जियानलुगी डोनारुमाले पिएसजीको संकट टारेका थिए।

पिएसजी ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको बेन्फिकाको पनि समान खेलमा समान ७ अंक रहेको छ।

तेस्रो स्थानकोयुभेन्टसको ३ अंक रहेको छ भने चौथो स्थानको मकाबी हैफाले खाता खोल्न सकेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×