रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन: पोर्चुगल प्रशिक्षक सान्तोष

काठमाडौँ - युरोपेली राष्ट्र पोर्चुगललाई १-० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एक पटक ‘प्लेइङ सेट’ मा राखेन। खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन्।

‘मलाई लाग्दैन कि पश्चाताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन्। ‘रोनाल्डो महान् खेलाडी हुन्। उनि आवश्यक पनि छन्। तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे। रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए। ३९ मिनेट मैदानमा बिताउँछा ११ ‘टच’लिए। पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए।

यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए। स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सिमित बने। जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६-१ ले विजयी भएको थियो। खेलपछि बोल्दै सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फकिएपछि थाहा हुने बताएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×