थोनबुरीविरुद्ध एनआरटीको जित

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थान हात पारेको न्युरोड टिम (एनआरटी)ले बुधबार प्रिसिजनअन्तर्गतको विदेश भ्रमणमा पहिलो जित हात पारेको छ। नेपालले बुधबार थाइल्यान्डको तेस्रो डिभिजनको क्लब थोनबुरी युनाइटेडलाई २-१ ले हरायो।

यसअघि एनआरटीले मलेसियामा १ र थाइल्यान्डमा २ खेलमा हार व्यहोरिसकेको छ। नेपाली फुटबलको सबैभन्दा पुरानो क्लबमध्ये एक एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलोमोउ र दिपेश घलेले गोल गररेका हुन्। खेलको ३२औँ मिनेटमा किटिपोङ सेङपोङको गोलबाट घरेलु टिमले अग्रता बनाएको थियो। खेलको ५३औँ मिनेटमा मेसुकेले बराबरी गोल गरे।

खेलको ७६औँ मिनेटमा दिपेशले पेनाल्टीमा गोल गरी एनआरटीलाई पहिलो पटक अगाडि पारे। सोही गोल नै निर्णायक बन्यो। थाइल्यान्ड टिमका खलाडीले मेसुकेलाई फाउल गरेपछि एनआरटीले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो।यसअघि एनआरटीले थाइल्यान्डमा शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग हार व्यहोरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×