शीर्षमा बार्सिलोनालाई ५ अंकको अग्रता, पिके र लेवान्डोस्कीलाई रातो कार्ड

काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ। मंगलबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २-१ को जित निकालेको हो.

बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १-० ले पछि परेको स्थिति उल्ट्याएर २-१ को पूनरागमन जित दर्ता गरेको हो। बार्सिलोनाको जितमा पेड्री र राफिन्हाले गोल गरेका थिए। घरेलु टोलीका डेभिड गार्सियाले १ गोल गरेका थिए।

खेलको छैटौं मिनेटमा गार्सियाले गोल गर्दै ओसासुनालाई सुरूवाती अग्रता दिलाएका थिए। तर, ४८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए। ८५ औं मिनेटमा परिवर्तित खेलाडी राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए।

खेलको ३१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो। फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा बेञ्चमा रहेका डिफेन्डर जेरार्ड पिके सिधैं रातो कार्ड खाँदै प्लेयर बक्स छाड्न बाध्य भएका थिए। ३५ वर्षीय डिफेन्डर पिकेले रेफ्रीसँग विवाद गरेको विषयमा मैदान बाहिर रहँदै रातो कार्ड खाएका थिए।

जितसँगै बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ। बार्सिलोनाको ३७ र रियल मड्रिडको ३२ अंक रहेको छ। ओसासुना २३ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×