काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा चेल्सीलाई न्युक्यासलले हराएको छ। शनिवार राति भएको खेलमा चेल्सीलाई न्युकासल युनाईटेडले १-० गोल अन्तरले हराएको हो।
जीतसँगै न्युकासल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। न्युकासलले १५ खेलमा ३० अंक जोडेको छ।
चेल्सी २१ अंक जोडेर आठौं स्थानमा रहेको छ।