शाहरुख र दीपिका ‘पठान’को शूटिंगमा फर्किदै

भारत। बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो वैवाहिक वर्षगाँठको छुट्टी पछी चलचित्र  ‘पठान’को शूटिंगका लागि फर्किएकी छिन्। त्यसैगरि छोरा आर्यनका कारण लामो समय चलचित्रेमा समय दिन नपाएका अभिनेता शाहरुख खान पनि यो चलचित्रको शूटिंगमा फर्किने छन्। उनी डिसेम्बरको पहिलो साताबाट शूटिंगमा जानेछन्। चलचित्रमा जोन अब्राहमले खलनायकको भूमिका निभाउदैछन्। उनी एक रुसी माफियाको भूमिकामा देखिनेछन्। चलचित्रको शूटिंग स्पेनसहित अन्य धेरै देशहरुमा गरिनेछ। चलचित्रमा शाहरुख एक रअ एजेन्टको भूमिकामा देखिनेछन् भने अभिनेत्री दीपिकाको पनि राम्रो एक्सन चलचित्रमा समेटिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×