विश्वभर काेराेना संक्रमितकाे संख्यामा गिरावट, निकाे हुने बढ्दै

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको हो ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५४हजार १०६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमाब कोरोना संक्रमणबाट ४ हजार १०६ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ८५ हजार १३० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २५ करोड ७८ लाख ७ हजार ७२२ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २३ करोड २७ लाख ६ हजार ९९६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ५१ लाख ६७ हजार ५७९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ४९६ जनाको ज्यान गएको छ । ७ हजार  १६४ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख १० हजार १९ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख ३५९ जना संक्रमित निको भइसकेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×