प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार: चार नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गरिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार अपराह्न शीतल निवासमा राष्ट्रपति सामु साँढे ३ बजे शपथ ग्रहण गरेका छन्।

शपथ लिएका मन्त्रीहरू तथा उनीहरूको जिम्मेवारी यसप्रकार छन्—

  • श्रद्धा श्रेष्ठ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

  • कुमार इङ्नाम — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

  • राजेन्द्रसिंह भण्डारी — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

  • माधव चौलागाईं — वन तथा वातावरण मन्त्रालय

मन्त्रिपरिषद् विस्तारसँगै क्याबिनेट सदस्य संख्या १४ पुगेको छ।

मन्त्रीहरूको पृष्ठभूमि

  • कुमार इङ्नाम ‘काठमाडौं स्कुल अफ ल’ का प्राध्यापक हुन्। अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता तथा वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नामले यसअघि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा समेत अध्यापन गरेका थिए।

  • राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) हुन्। उनी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का संस्थापक प्रमुखसमेत रहिसकेका छन्।

  • माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। कर्णाली क्षेत्रबारे गहन अध्ययन गरेका उनले ‘सपादलक्ष कर्णाली’ नामक पुस्तक र लोकप्रिय गीत ‘मान्ठ हुँ म मान्ठ’ लेखेका छन्।

  • श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन्। उनी ‘सस्टेनेबल टुरिजम’ परियोजनाको प्रमुखका रूपमा कार्यरत थिइन्।

शपथपछि नवनियुक्त मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रमा औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×