उपराष्ट्रपति पुनद्वारा पूजा आराधना

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा, आराधना एवं दर्शन गरेको  पशुपति क्षेत्र विकास कोषले जनाएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। 

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। आज राति भक्तजन आएसम्म दर्शन गर्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×