प्रीतिसँग अम्ब्रोले गर्यो प्रायोजन

काठमाडौँ - अम्ब्रो नेपालले नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई प्रायोजन गरेको छ। अम्ब्रो नेपालले उनलाई बार्षिक ६ लाख रुपैयाँ बराबरको प्रायोजन गरेको जनाएको छ। प्रायोजन मध्ये मासिक २५ हजार रुपैयाँ नगद र २५ हजार रुपैयाँ बराबरको अम्रोका खेल सामग्री प्रीतिलाई प्रदान गरिनेछ।

अम्ब्रोले मिडफिल्डर प्रीतिलाई प्रायोजन सम्झौता गर्न पाउँदा खुशी लागेको जनाएको छ। अम्ब्रो कम्पनीले उत्पादन गर्ने सामाग्री नेपालमा भाट भटिनी सुपर मार्केटले विक्री र वितरण गर्दै आएको छ। गत शुक्रबार छैटौँ संस्करणको साफ च्याम्पिनसिपको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको भोलिपल्टै अम्ब्रोले प्रीतिसँग प्रायोजनको घोषणा गरेको थियो।

घरेलू फुटबलमा एपिएफ फुटबल क्लबमा आबद्ध प्रीतिले महिला उमेर समूहको टोलीबाट कप्तानी समेत गरिसकेकी छिन्। काठमाडौँमा सम्पन्न छैटौं महिला साफ फुटबलमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी प्रितीले उत्कृष्ट प्रदर्शन गरेपछि उम्ब्रोले प्रितीलाई प्रायोजन गरेको हो।

नेपाली फुटबल फस्टाउन उम्ब्रो नेपालले सधैं निरन्तर सहयोग गर्दै आएको समेत उम्ब्रोले विज्ञप्तिमा जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×