स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिवारसर्वदलीय बैठक बस्ने भएको छ । 

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठक शनिबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि देउवाले शुक्रबार साँझ काँग्रेसका नेताहरूसँग छलफल गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×