काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत 'पागल मन' सार्वजनिक भएको छ। गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा अभि सुनार,बिना राउत र अमृत सिंहको प्रस्तुती रहेको छ। आयुष क्षेत्रीको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'हिट म्युजिक'बाट सार्वजनिक गरिएको हो।
भिडियो: