सर्वाधिक मुल्यवान खेलाडी बने एमबाप्पे

काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन्। सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको छ।

गत महिना स्पेनिस महारथी रियाल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय गरेका एमबाप्पेलाई खरिद गर्न अब कुनैपनि क्लबले महँगो रकम तिर्नुपर्ने भएको छ।

यस्तै मुल्यवान खेलाडीको सूचीमा दोस्रो स्थानमा स्पेनिस क्लब रियाल म्याड्रिडका ब्राजिली युवा स्टार भिसिनियस जुनियर रहेका छन। च्याम्पियन्स लिगको फाइनलमा विजयी गोल गरेका जुनियरको बजार मुल्य १५८ मिलियन पाउण्ड रहेको छ।

यस्तै गत सिजनसम्म जर्मन क्लब बोरुसिया डर्टमुन्डमा खेलेका नर्वेजियन एर्लिङ ब्राउट हालान्ड १३० मिलियन पाउण्डसहित सूचीमा तेस्रो स्थानमा छन्। स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका पेड्री ११५.५ मिलियन पाउन्डसहित चौथो स्थानमा छन्।

यस्तै बोरुसिया डर्टमुण्डका इंग्लिस स्टार जुड बेलिङघम ११४.१ मिलियन पाउण्डसहित पाँचौ स्थानमा छन्। उनी सर्वाधिक महंगो मुल्य हुने इंग्लिस खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्। छैटौं स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका इंग्लिस खेलाडी फिल फोडेन रहेका छन्। उनको भ्यालु १०५.९ मिलियन पाउण्ड छ।

बार्सिलोनाका फ्रान्की डि जोङ, लुइस डियाज, रुवेन डियास र फेरान टोरेस शीर्ष १० मा रहेका छन्। लोउटारो मार्टिनेज, जमल मुसिएला, जेडान सान्चो, मेसान माउन्ट, बुकायो साका, जोस्को जिभारर्डीओल, ब्रुनो फर्नान्डेस, निकोलो बरेल्ला, काई हाभर्टज र जोआओ फेलिक्स शीर्ष २० मा परेका छन्।

सीआईईएसले खेलाडीको उमेर, प्रदर्शन, क्लबको आर्थिक अवस्था र मुद्रास्फीतिकारण जस्ता विषयलाई अभ्ययन गर्दै रिपोर्ट निकाल्ने गर्दछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×