नेपाल पेमेन्ट सोल्युशन र लक्ष्मी सनराईज क्यापिटलबिच सम्झौंता

काठमाडौं - नेपाल पेमेन्ट सोल्युशन लिमिटेड र लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बिच सम्झौंता भएको छ । नेपाल पेमेन्टले एक सय रुपैंयाँ अंकित दरको ती लाख पाँच हजार छ सय कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन । नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×