आईसीसीको टी-२० ब्याट्सम्यानको वरियता

काठमाडौँ - इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले बुधवार टी-२० खेलाडीहरुको ताजा वरियता सार्वजनिक गरेको छ।

टी-२० ब्याट्सम्यानहरुको उक्त वरियतामा पाकिस्तानका कप्तान बाबर आजम नम्बर एकको स्थानमा रहेका छन्। उनी ८ सय १८ प्वाइन्टसहित सूचीको पहिलो स्थानमा छन्। उनीपछि दोस्रो नम्बर पाकिस्तानकै विकेटकीपर ब्याट्सम्यान मोहम्मद रिजवान छन्, उनको ७ सय ९४ अंक रहेको छ। वेस्ट इन्डिजका निकोलस पूरन आठौं स्थानमा रहेका छन्।

उक्त वरियतामा भारतका मिडिल अर्डर ब्याट्सम्यान सूर्यकुमार यादव टी-२० फर्म्याटमा विश्वकै नम्बर ५ ब्याट्सम्यान बन्न सफल भएका छन्। उनले अघिल्लो वर्षको मार्च महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।

उक्त वरियतामा सूर्य कुमार यादवले ४४ स्थानको छलाङ लगाएका छन्। यो संगै उनी उत्कृष्ट ५ मा पर्न सफल भएका छन्। पछिल्लो सूचीमा उनी ७ सय ३२ प्वान्ट्सहित पाँचौं स्थानमा रहन सफल भएका छन्।

यादवले हालै इङ्ल्याण्डविरुद्धको टी-२० खेलमा शतक लगाएका थिए। उनले ३ खेलको सीरीजको अन्तिम खेलमा ५५ बलमा १ सय १७ रनको इनिङ खेलेका थिए, जसमा ६ छक्का तथा १४ चौका सामेल छन्। उक्त खेल आइतबार नटिङ्घममा भएको थियो।

आईसीसीको टी-२० ब्याटिङ उक्त वरियतामा सूर्यकुमार एक्ला भारतीय खेलाडी हुन्। उनीभन्दा पछाडि भारतीय खेलाडीहरुमा ईशान किशन १२ औं नम्बरमा रहेका छन् भने भारतीय टीमका कप्तान रोहित शर्मा १८ औं, श्रेयस अय्यर २१ औं तथा विराट कोहली २५ औं स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×