इजरायल । तपाईंले कहिल्यै माछाले गाडी चलाएको देख्नु भएको छ? पक्कै पनि यो निकै असम्भव लाग्ने प्रश्न हो । तर यो असम्भव लाग्ने प्रश्नलाई इजरायली वैज्ञानिकहरुले सम्भव बनाएका छन् ।
वैज्ञानिकहरुले एउटा सुनौलो माछालाई पानी भित्रैबाट गाडी चलाउन तालिम दिएका छन् । जसको भिडियोले अहिले विश्वभर नै चर्चा कमाइरहेको छ । इजरायली वैज्ञानिकहरुले एउटा विषेश गाडी बनाइ त्यसमा माछा राखी गाडी चलाउने तालिम दिएका हुन् । उक्त विषेश गाडीलाई 'फिस् अपरेटेड भेइकल' (एफ्ओभि) नाम दिइएको छ । गाडीमा भएको माछा विभिन्न दिशामा पौडिएर उक्त गाडीलाई चलाउन सक्छ ।
समाजिक संजालमा देखिएको उक्त माछाले गाडी चलाएको भिडियो विश्वभरीनै चर्चित बनेको छ ।
I am excited to share a new study led by Shachar Givon & @MatanSamina w/ Ohad Ben Shahar: Goldfish can learn to navigate a small robotic vehicle on land. We trained goldfish to drive a wheeled platform that reacts to the fish’s movement (https://t.co/ZR59Hu9sib). pic.twitter.com/J5BkuGlZ34
— Ronen Segev (@ronen_segev) January 3, 2022