काठमाडौँ - विद्युतिय दुर्घटनामा परी भारतमा दश जनाको मृत्यु भएको छ। घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ।
देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ। दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ।