ज्योतिषले दिए अल्लु अर्जुनलाई हवन गर्ने सुझाव

भारत। दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अहिले विश्वव्यापी रूपमा चर्चामा छन्। उनको चलचित्र ‘पुष्पाः द राइज’ले उनको लोकप्रियता संसारभरि बढाएको छ। चलचित्रबाट अभिनेत्री रश्मिका मन्दानाले पनि राम्रो चर्चा कमाएकी छिन्।

अल्लूको लोकप्रियता बढेसँगै प्रशंसकहरुले उनको भविष्य बारे पनि चासो लिन थालेका छन्। किनकि उनीसँग अझै धेरै राम्रा प्रोजेक्टहरू छन्।

ज्योतिषहरूका अनुसार अल्लू अहिले आफ्नो जिन्दगीको राम्रो पडावमा छन्। उनको करियरसँग सम्बन्धित सफलता पनि उच्च स्थानमा रहेको छ। यसैबिच ज्योतिषले उनलाई करियरलाई अझ राम्रो बनाउन विशेष पूजा र हवन गर्न सल्लाह दिएका छन्। सो पुजा गरेमा उनले बिना कुनै अवरोध सफलता प्राप्त गर्ने ज्योतिषले जनाएका छन्।

सोहिकारण उनी आफ्नो परिवारसँग फार्महाउसमा पूजा गर्ने तयारीमा छन्। पुजापछि उनी चलचित्र ‘पुष्पा २’ को तयारीमा जुट्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×