रियलविरुद्धको जितमा राफिन्हाको निर्णायक गोल

काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाले प्रि-सिजन क्लब मैत्रिपूर्ण खेलमा जित हात पारेको छ। उसले आज सम्पन्न खेलमा ला लिगा प्रतिस्पर्धि रियल मड्रिडमाथि १-० को कठिन जित हात पारेको हो।

अमेरिकाको एलिजीयन्ट स्टेडियममा खेलको २७ औं मिनेटमा राफिन्हाले गरेको १ मात्र गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो।

प्रि-सिजन भ्रमणमा बार्सिलोनाको यो तेस्रो जित हो। यसअघि उसले ‘ए’ लिग अल स्टार्सलाई ३-२ र इन्टर मियामीलाई ६-० पराजित गर्दा युनियन स्पोर्टिभा ओलोटसँग १-१ को बाराबरी खेलेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×