फिल्म ‘दिलमाया २’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ - फिल्म ‘दिलमाया’को दोस्रो श्रृंखला आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको छ।

निर्माण पक्षले फिल्मका २ नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो। फिल्मको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको निर्देशक राजु गिरीले बताएका छन्।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपाली, सञ्जीला पौडेल, सविन बास्तोला लगायतको अभिनय रहेको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत, भीष्मराज फुलाराको शब्द रचना, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन, विष्णु निराकर र सुस्मिता खत्रीको छायांकन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×