नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का टी-२० विश्वकपको सुपर १२ मा

काठमाडौँ - आईसीसी टी-२० विश्व कप क्रिकेटमा श्रीलङ्का सुपर-१२ मा प्रवेश गरेकाे छ। आज बिहीवार भएकाे समूह चरणकाे अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का सुपर-१२ मा पुगेकाे हाे।

साइमन्ड्स स्टेडियम जिलाेङमा भएकाे खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायाे। श्रीलङ्काले दिएकाे १ सय ६३ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४६ रनमात्रै बनाउन सक्याे। नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए। बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले ३ र महेश थिकशनाले २ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। उसका कुसल मेन्डिसले ७९ रन बनाएका थिए। बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकरेन र बास दी लीडेले २/२ विकेट लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×