काठमाडौँ - आयोजक ऋत एकेडेमी ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको पुरुषतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। वसुन्धारास्थित घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८-५ ले पराजित गर्दै प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको हो।
यस्तै, पुरुषतर्फ एन्जल्स हार्ट ‘ए’ले सिनर्जीलाई ७-२ ले हराएको छ। इन्साइट भिजन ‘ए’ले बलर्स एकेडेमीलाई ७-५ ले पराजित गरेको छ। बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७-३ ले हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको छ।
पुरुषतर्फ एनसिसिएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण र हिमरश्मी पनि अन्तिम १६ मा पुगेका छन्। न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ ले पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन्।
प्रतियोगिताको पुरुषतर्फ ८० र महिलामा १६ गरी ९६ टोलीको सहभागिता रहेको ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारि दिएका छन्।