कप्तान रोहित १८ बल खेल्दै ५ रन जोडेर आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहित पौडेललाई पनि गुमाएको छ ।

नेपालले ७ ओभरमा ३ विकेट गुमाएर ३८ रन जोडेको छ। रोहितले १८ बल खेल्दै केवल ५ रन जोडे।

रोहितले सन्दीप जोराले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेलले रन जोड्न सकेनन् भने आसिफ शेखले ८ रन बनाए। नेपालले ११ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×