कस्तुरीको विनासहित ४५ वर्षीय ध्यार पक्राउ

जाजरकोट । कस्तुरीकाे विनासहित एक व्यक्ति पक्राउ परेका छन् ।

नलगाड नगरपालिका–११ चौखा बजारबाट १ थान कस्तुरीको विना जस्तो देखिने बस्तुसहित सोही नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्ली बहादुर ध्यारलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

ध्यारले कस्तुरीको विना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तुसहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीकाे भनाइ छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×