काठमाडौँ। अभिनेत्री एलिजा गौतमको आउँदो चलचित्र ‘घुँइचो’मा कुन्साङ बोम्जन उनको जोडीको रूपमा देखिने भएका छन्। खबरका अनुसार कुन्साङले निर्माण पक्षसँग आधिकारिक सम्झौता गरिसकेका छन्। धेर्रै म्यूजिक भिडियोमा काम गरेका कुन्साङ नायकको रुपमा चलचित्रमा देखिन लागेका हुन्। चलचित्रको निर्देशन लागि दीपेन्द्र लामालाई प्रस्ताव गरिएको छ। आज काठमाडौँमा एक कार्यक्रम राख्दै चलचित्रको सम्पूर्ण आधिकारिक घोषणा गरिदैछ। रामजी दैलेखीले निर्माण गर्न लागेको चलचित्रमा एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्रा समेटिने छ। चलचित्रको छायांकन नेपाल र अमेरिकामा गरिनेछ।