काठमाडौँ - ब्राजिलियन डिफेन्डर मार्सेलो ग्रीक क्लब ओलम्पियाकोस एफसीमा अनुबन्धित भएका छन्। ओलम्पियाकोसले शनिबार डिफेन्डर मार्सेलोलाई अनुबन्धित गरिएको जनाएको छ।
ओलम्पियाकोसले ३४ वर्षीय डिफेन्डरलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। रियाल मड्रिडका पूर्वडिफेन्डर मार्सेलोले ओलम्पियाकोससँग १ वर्षको लागि सम्झौता गरेका छन्।
स्पेनिस क्लब रियाल छाडेपछि मार्सेलो क्लब विहिन थिए। लेफ्ट ब्याकले १५ वर्ष बिताएर सान्टियागो बर्नाबेउ छाडेका हुन्। डिफेन्डर मार्सेलो २००७ मा ब्राजिलको फ्लुमिनेन्स फुटबल क्लबबाट रियाल भित्रिएका थिए। स्पेनिस क्लबका लागि उनले २५ उपाधि जितेका छन्। जसमा ५ च्याम्पियन्स लिग उपाधि रहेको छ।
रियालका उनले ५४५ खेल खेल्दा ३८ गोल गर्नुका साथै १०३ गोलका लागि अवसर सिर्जना गरेका थिए।