भारत। बोनी कपूरका छोरा तथा बलिउड अभिनेता अर्जुन कपूर, अंशुला कपूर र अनिल कपूरकी छोरी रिया तथा ज्वाईं करण बुलानीलाई कोरोना संक्रमण भएको छ। कपूर परिवारका सबै संक्रमित अहिले होम क्वारंटीनमा रहेका छन्। अर्जुनलाई एक वर्षमा दोस्रो पटक कोरोना भएको हो। हालै अर्जुनलाई मलाइकासँग करिश्मा कपूरको क्रिसमस पार्टीमा देखिएको थियो। अर्जुनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोनाको जाँच गर्न आग्रह गरेका छन्।