काठमाडौं महानगरको नीति कार्यक्रम: फिल्ममा अनुदानदेखि ब्रान्डिङ गर्नेसम्म

काठमाडौँ - काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ।

आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं सहरलाई अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नको लागि ब्रान्डिङ गर्न सम्बद्ध निकायसँग सहकार्य गर्ने उल्लेख गरेका छन्।

साथै महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी चलचित्र र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने पनि उल्लेख गरिएको छ।

आफ्नो चुनावी घोषणापत्रमा उल्लेखित एजेन्डालाई बालेनले नीति तथा कार्यक्रममा समेटेका हुन्। उपमेयर सुनिता डंगोलका केही एजेन्डालाई पनि उनले समेटेका छन्। कला क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि काठमाडौं महानगर क्षेत्रभित्र डबलीको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गर्ने डंगोलको योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

बालेनले नेपाली फिल्ममा लाग्दै आएको स्थानीय करमा २ प्रतिशत मिनाहा गर्नेसमेत योजना रहेको हालैको एक कार्यक्रममा बताएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×