मंगलवारकाे माैसम : देशभर चिसाे बढ्ने क्रम जारी, उच्च पहाडी र पहाडी भेगमा हिमपातकाे सम्भावना

काठमाडौं । मंगलवार देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मंगलवार राती  देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

नेपालको पूर्वी भूभागमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाे तथा चिसाे बढ्ने क्रम जारी रहेकाले साेही अनुसार सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×