पल शाहको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौँ -  बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ।

बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी तोकएको हो।

न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पलको मुद्दा पेशी तोकिएको छ। तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र पूर्व नवलपरासीको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए।

गतसाता पनि उनको मुद्दामा उच्च अदालतमा सुनुवाइ भएको थियो। तर दुवै अदालतको आदेशविरुद्ध छुट्टा छुट्टै निवेदन परेकाले दुवै अदालतको आदेशविरुद्धका निवेदनलाई सँगै पेश गर्न आदेश भएको थियो। 

आफूलाई थुनामा नराखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने पलको माग छ। नाबालिग पीडितले पनि अहिले बयान फेरिसकेकी छन्। जसले पल थुनामुक्त हुने सम्भावना बढाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×