भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउन चिठी पठाउने तयारी गरेको छ। आयोग अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिइसकेको छ भने आयोगको म्याद एक महिना थप गरी तोकिएको समयभित्र प्रतिवेदन बुझाइनेछ।