काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ।