युरोकपमा आज जर्मनी र हंगेरी भिड्दै

काठमाडौं । विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी जर्मनी र हंगेरी आपसमा भिड्दै फुटबल २०२४ अन्तर्गत आज बुधबार आयोजक जर्मनी र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति २१ः४५ बजे सुरु हुनेछ ।

जर्मनी र हंगेरी प्रतियोगिताको समूह ‘ए’ मा छन् । जर्मनी र हंगेरी दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । जर्मनीले प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।

हंगेरी भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो । तीन अंकसहित जर्मनी पहिलो स्थानमा छ । जर्मनीले सन् १९७२ मा पहिलो पटक युरोकप खेलेको थियो । त्यतिबेला जर्मनीले पश्चिम जर्मनीको नाममा युरोकप खेलेको थियो ।

आफ्नो पहिलो सहभागितामै पश्चिम जर्मनले उपाधि चुमेको थियो । त्यतिबेला पश्चिम जर्मनीले फाइनलमा तात्कालिन सोभियत संघलाई ३–० गोलले हराएको थियो । हालसम्म जर्मनीले तीपटक युरोकपको उपाधि चुमिसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×