नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम

काठमाडौँ - पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा ध्रुवबहादुर गौतम निर्वाचित भएका छन्।

सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी भएका छन्। सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिए। हाल देशभर नेपाल बोटल वाटर उद्योग सङ्घमा ५८६ उद्योग आबद्ध रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×