बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेप्रवाह जस्तो देखिएको बताएका छन् ।

१५ औं राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा बेपत्ता योद्धा परिवार समाज, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले मुलुकको परिवर्तनमा सहिद बेपत्ताहरूको महत्त्वपूर्ण योगदान भए पनि अहिले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेप्रवाह जस्तो देखिएको बताएका हुन् ।

उनले जनयुद्धमा बेपत्ता भएकाहरू राज्यको परिवर्तनका हकदार भएकाले उनीहरूको स्वामित्व राज्यले लिनुपर्ने बताए ।

उनले संक्रमणकालीन न्यायका विषयमा दलहरुबीच फरक–फरक नभई समाज धारणा बनाउनुपर्ने र बेपत्ता योद्धा परिवारका गुनासा सुन्नुपर्नेमा जोड दिए । सहिद परिवारका बारेमा राज्य अलि गम्भीर देखिए पनि बेपत्ता परिवारको खोजीका लागि राज्य गम्भीर नदेखिएको उनको भनाइ छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×