काठमाडौं । उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेले देशमा कुनै शंकट परे जस्तै रातारात दुई ठुला दल एक भएको आरोप लागेका छन् ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेले मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सहमतिको नाममा गरेको सहमति अहिलेसम्म देश र जनतालाई जानकारी नदिएको बताए ।
“मध्यरातमा एउटा व्यवसाहीको घरमा सहमति गर्नुपर्ने के बाध्यता आइलाग्यो ? देशमा कुनै शंकट नै आइपरेको जस्तो के थियो ?”, उनले प्रश्न गर्दै भने, “अहिलेसम्म के कुरामा सहमति भयो ? किन देखाउन सक्नुहुन्न ?”
उनले राष्ट्रिय सहमतिको नाममा भ्रष्टाचारलाई जोगाउनको लागि एमाले र कांग्रेस मध्यरातमा एक भएको बताए । मध्यरातमा भएको सहमति सार्वजनिक नभई नै राजीनामा मागेको र आफू देश बाढीपहिरो विपदमा परेको अवस्थामा राजीनामा दिनुभन्दा अन्तिम समयसम्म बसेर काम गरको बताए ।