काठमाडौँ - स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले केलियन एम्बाप्पे,नेयमार तथा लियोनल मेस्सीजस्ता स्टार खेलाडी भए पनि आफूबिना फ्रेन्च लिग वानको सान गुम्दै गएको दाबी गरेका छन्।
सन् २०१२ देखी २०१६ सम्म पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेलेका उनले सबैखाले प्रतियोगिता गरि १२ उपाधि जितेका थिए। उनले पिएसजीबाट १५६ गोल गरेका थिए। इब्राहिमोभिच हाल इटालियन सिरी ‘ए’ क्लब एसी मिलानमा छन्।
उनले लिग वानमा आफ्नो अनुपस्थिति खट्किएको दाबी गरेका छन्। ‘मैले पिएसजी छोडेपछि फ्रेन्च लिग वानको जुन उचाइ थियो, त्यो घट्दै गएको छ’,इब्राहिमोभिचले भने, ‘लिगको रौनकता नै छैन। र, लिग वानले आफ्नो रौनकता फर्काउन म त्यहाँ फर्कनुपर्छ।’
‘तर मलाई आफ्नो स्वभाविक लयमा रहन फ्रान्स नै फर्कनुपर्छ भन्ने छैन। म फुटबलको भगवान हुँ, त्यसैले नेयमार,एम्बाप्पे र मेसीको उपस्थितिले मात्र लिग वानको रौनकता फर्किँदैन’, उनले थपे।