क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिस प्रभावित

काठमाडौँ - उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ।  एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो। डढेलोबाट धेरै घरहरु जलेर ध्वस्त भएका छन्।

क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको थियो। सन् २०१४ मा डढेलोबाट ३ हजार जनसंख्या भएको विड शहरमा १५० भवन जलेर खरानी भएका थिए। 

विश्वव्यापाी तापक्रममा बृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा वृद्धि भएको वैज्ञानिकहरु बताउँछन्। खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×