काठमाडौँ - प्रिमियर लिग क्लब आर्सनलका पूर्व मिडफिल्डर ज्याक विल्सेरले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन्।
ज्याकले ३० वर्षको उमेरमा फुटबलबाट सन्यास घोषणा गरेका हुन्। इङ्ल्यान्डको पूर्व मिडफिल्डरले १६ वर्षकै उमेरमा सिनियर टोलीमा डेब्यु गरेका थिए।
विल्सेरले सामाजिक संजालबाट एक विज्ञप्ति निकाल्दै फुटबलबाट सन्यास घोषणा गरेका हुन्। ज्याकले आर्सनलका लागि १ सय ९७ खेल खेलेका थिए।
सन् २०१८ मा आर्सनल छाडेका उनले क्लबबाट दुई पटक एफए कप जितेका थिए। उनले इङ्ल्यान्डको लागि ३४ खेल खेलेका थिए।