काठमाडौँ - इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका फरवार्ड पिएरे एमरिक औबामियाङलाई १.०३ करोड पाउन्डमा अनुबन्ध गरेको छ। ३३ वर्षीय गाबोन स्ट्राइकर गत फेब्रुअरीमा आर्सनलबाट बार्सिलोना पुगेका थिए।
उनले बार्साका लागि २४ खेलमा १३ गोल गरेका थिए। यो सिजन भने उनले क्लबका लागि ८ मिनेट मात्र खेल्न पाएका थिए। यता चेल्सीका डिफेन्डर मार्कोस अलोन्सोले पनि आपसी सहमतिमा क्लब छाडेका छन्। उनले बार्सिलोनासँग अनुबन्ध गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चेल्सीले युभेन्टसका मिडफिल्डर डेनिस जाकारियालाई ऋणमा भित्र्याएको छ। चेल्सीसँग सिजनको अन्त्यमा जाकारियालाई पूर्णरुपमा अनुबन्ध गर्ने विकल्प पनि रहेको छ।